रवि लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज (शुक्रबार) पनि हुँदैछ ।
रूपन्देहीको बुटवल स्थित सुप्रिम बचत तथाऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा बिहीबार जारी बहस नसकिए पछि आज पुनःहुने गरी बहस हेर्दा हेर्दैमा राखिएको थियो ।
लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो । बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट बहस हुने छ ।
सुुप्रिम सहकारी प्रकरणमा छविलाल जोशी, जीबी राई सहित पूरक अभियोगका १४ र शुुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दादर्ता भएको छ ।अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रा लि मागएको र २ करोड रुपैयाँभने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरेको हो ।

Spread the love