राज्य र मुलुकको वर्तमान अर्थतन्त्रले आन्तरिक उत्पादनमा वृद्धि खोजेको छ ः गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताउनुभएको छ । मंगलबार कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोषले ४८ वर्ष पुग्दा पनि योजना विहीन देखिएको भन्दै नयाँ योजनाबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले कोषलाई योजनामा ध्यान दिन र प्रिमियमा मात्रै फोकस नहुन सुझाव दिनुभयो । गभर्नर अधिकारीले कोषको काम काम पैसा संकलन गर्ने काम मात्रै नभएको बताउनु भयो । उहाँले कोषको इन्स्योरेन्सको डिपोजिट प्रभावकारी नभएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले आन्तरिक उत्पादन बढाउने विषयमा केन्द्रित भएर कर्जा योजनामा निर्देशन गरेको भन्दै कोषले ब्रिजको काम गर्नुपर्ने बताउनु भयो । गभर्नर अधिकारीले कोषले ऐनले दिएको कार्यक्षेत्र भित्र बसेर गर्नसक्ने नयाँ पाँच वर्षे योजना बनाएर काम गर्न सुझाव दिनुभयो । उहाँले ऐनले नदिएको भए ऐन संशोधनको प्रश्ताव अगाडि बढाउन आग्रह गर्नुभयो ।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रले आन्तरिक उत्पादन,कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले स्टार्टअप,साना उद्यम,कृषि उत्पादनमा कर्जा जोखिम देखेर लगानी गर्ने नगरेको बताउनु भयो । गभर्नर अधिकारीले राष्ट्र बैंकले उत्पादन क्षेत्रमा लगानी जोखिमको सुरक्षण गर्ने नीति ल्याएको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुको आफ्नौ किसिमको नीति भएकाले सरकारले वा अर्थतन्त्रले चाहेको ठाउँमा कर्जा दिन नसक्ने अवस्था आउने बताउनु भयो । उहाँले बैंकहरुले कर्जा सहज रुपमा रिटर्न आउने,लगानी सुरक्षित हुने सहज क्षेत्रमा लगानी गर्ने गरेको बताउनु भयो ।
गभर्नर अधिकारीले अर्थतन्त्रले अहिले आन्तरिक उत्पादन वृद्धि खोजिरहेकाले राष्ट्र बैंकले अर्थतन्त्रको आवश्यकता अनुसार कर्जा नीति बनाउँदै आएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले अहिले बैंकहरुको कुल कर्जा लगानीको १५ प्रतिशत साना लघु,घरेलु तथा साना उद्योग,कृषिमा र १० प्रतिशत जलविद्युतमा लगानी अनिवार्य गरिएको बताउनु भयो ।

Spread the love

Comment here