असोज २०,काठमाडौं । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले देशभरका यातायात कार्यालयहरुलाई रातमा पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा लिन सुझाव दिएको छ।

राती पनि एक सिफ्ट संचालन गरेर ट्रायल परीक्षा सहज बनाउन सुझाव दिएको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बताउनु भएको हो । यातायात कार्यालयहरु तयार भए भत्ताका लागि सहजीकरण गर्न सक्ने श्रेष्ठले बताउनु भयो ।
वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएका कारण ट्रायल परीक्षा पनि रोकिएको थियो। भदौ दोस्रो साताबाट ट्रायल परीक्षा खोलिएपनि अनलाइन आवेदन बन्द नै छ। अनलाइन आवेदन खुलाए सीमित ट्रायल सेन्टरहरु रहेका कारण थेग्नै नसक्ने भन्दै अनलाइन आवेदन रोकिएको हो। विभागका अनुसार ५ लाखभन्दा बढी सेवाग्राहीले अनलाइन आवेदन दिएर बसेका छन्।

५ लाखभन्दा बढी अनलाइन आवेदन रहेका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा रातमा पनि लिन सुझाव दिएको जनाइएको छ ।
Latest posts by Business TV Nepal (see all)
- बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढ्यो - May 19, 2022
- दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - May 19, 2022
- अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्चतम बिन्दुमा - May 19, 2022
Comment here