श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुन थालेको दशक भइसक्यो । वार्षिक ९ लाख रुपैयाँ निमाणर्का लागि खर्चिने गरिए पनि अझै यसले आकार लिन सकेको छनै । राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थानसंग जनकपुरधामको रजौलस्थित लक्ष्मण जिराइतको १७ बिगाह जग्गा लिजमा लिएर बनाउने योजना भएपनि अपेक्षा अनुसार निमाणर्को काम अगाडि बढ्न नसक्दा अलपत्र जस्तै भएको छ । क्रिकेट, भलिबल र कबड्डीमा जनकपुरधामको आफ्नै विरासत छ । जनकपुरधामको रजौलस्थित प्रश्तावित श्री रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय खेल मैदान आकार लिने पर्खाइमा रहेको छ । दशक अगाडिदेखि निमाणर्का लागि काम थालिए पनि सम्पन्न हुन सकेको छैन । युवा र खेलप्रेमीहरुका रंगशाला सम्पन्न होस् भन्ने अपेक्षामा छन् । नेपाल सरकारको सम्बन्धित निकायबाट अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा मान्यतासहित निर्माणको अनुमति पाएको यो रंगशालाको अहिलेसम्म निर्माणको कुनै ठोस कदम अगाडि बढेको छैन । यसै रंगशाला निमाणर्सँगै अनुमति पाएको पोखरामा रंगशाला बनेर तयार भइसकेको छ भने सुर्खेतमा डिपिआरका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याइसकेको बताइन्छ ।
राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरधामको रजौ स्थित लक्ष्मण जिराइतको १७ बिगाह जग्गामा राष्ट्रको पहिचान तथा गौरव इन्टरनेशनल हब संसारकै आकर्षणको केन्द्र धनुष आकारको रंगशाला ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ उत्कृष्ट रंगशाला निर्माणका लागि वातावरण बनाउने उद्घोष गरिसकेको छ । २०७४ साल मसिंर ३ गते राष्ट्रिय खेलकुद परिषद्, सातोदोबाटोको कार्यालयमा तत्कालीन खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले पत्रकार सम्मेलन गरी निणर्य सार्वजनिक गरेका थिए । रंगशालाको लागि जनकपुर उप-महानगरपालिका, वडा नम्बर १४ स्थित १७ विग्घा जग्गा नेपाल गुठी संस्थानले उपलब्ध गराएका छन । नेपाल गुठी संस्थान प्रधान कार्यालयको कार्यकारी प्रमुख नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव केशव बिष्टबीच लिखित सम्झौता भए अनुसार गुठी संस्थानले वार्षिक ९ लाखको भाडामा ३० वर्षको लागि राष्ट्रिय खेलकुद परिषद्लाई ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ को लागि उपलब्ध गराएका छन् । बुधवार मधेस सरकारका सभामुख रामचन्द्र मण्डल, मधेस सरकारका महिला, बालवालिका युवा तथा खेलकुदमन्त्री मोहम्मद जयद आलमले निरीक्षण अवलोकन गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख जनकपुरधाम राजधानी समेत भइसकेकाले यस्ता महत्वकांक्षी आयोजनामा तीनै तहको सरकारको समन्वय र सहकार्य आवश्यक रहेको मेयर मनोजकुमार साहले बताउनु भयो । उनले रंगशाला निमाणर्का लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेकोब बताउनु भयो ।
रंगशाला प्रचार प्रसारका लागि तत्काल मधेस सरकारको खेलकुद मन्त्रालयको २० लाखको सहयोगमा घेराबेराका लागि तारवारको काम गरी उपमहानगरको २० लाख सहयोगमा क्रिकेट पिचको निर्माण भइरहेको छ । मेयरकप, महेन्द्रनारायण निधी स्मृति कप सहितको खेल छिट्टै गरेर रंगशाला बचाउने र प्रचार गर्ने अभियान थाल्ने युवाहरु बताउँछन् ।
रंगशाला निर्माणमा डेढ दशकदेखि तीनै तहको सरकारसम्म धाइरहेका अभियान्ता दिनेश पूर्वेले २०६६ सालमा खेलकुद मन्त्री गणेश नेपालीलाई आफूले प्रपोजल दिएपनि उनले जनकपुरधाम उपेक्षा गरेको बताउनु भयो । त्यसको स्थानमा तत्कालिन मन्त्री गणेश नेपालीले आफनो क्षेत्र महोत्तरीको जलेश्वरमा सोही प्रश्तावका लागि पाँच करोड विनियोजन गर्दै रंगशाला निमाणर्का लागि असहयोग गरेको अभियान्ता पूर्वेले आरोप लगाउनु भयो । उहाँले मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउतले फर्जी मन्त्रीपरिषद्को बैठक गरी जनकपुरधामको रंगशाला आफनो जिल्ला पर्साको वीरगञ्जमा सार्ने षडयन्त्र गरेको प्रमाण आफूसँग रहेको समेत बताउनु भयो ।
जनकपुरधाममा सो रंगशाला बनेको खण्डमा पर्यटन विकास, आर्थिक उन्नती, खेलकुदको विकास र जनकपुरधामको क्रिकेट, कबड्डी र भलिबल खेलमा रहेको विरासत फर्किने युवा तथा खेलप्रेमीहरुको भनाई छ ।
वार्षिक ९ लाख रुपैयाँ निमाणर्का लागि खर्चिने गरिएपनि अझै रामजानकी रंगशालाले आकार लिन सकेको छनै । अपेक्षा अनुसार निमाणर्को काम अगाडि बढ्न नसक्दा अलपत्र जस्तै भएको छ ।

Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here