राष्ट्रपतिले गरे हनुमान ढोका पुगेर वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा सोमबार बिहान वसन्तपुर हनुमान ढोका दरबार स्थित नासल चोक पुगेर वसन्त श्रवण गरेका छ ।
हनुमानढोका दरबार स्थित नासल चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष हनुमान ढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूल प्रसाद प्रदान गरेका हुन् ।
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुख लगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्तश्रवण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए ।
वसन्त श्रवण समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपीशर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री गण तथा विशिष्ट महानुभावहरूको उपस्थिति थियो । वसन्त पञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।

Spread the love