राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको माग गरिएको बताउनुभएको छ । २९८ औं पृथ्वी जयन्तीको अवशरमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता बारे अन्तरक्रिया गर्न आयोजना भएको कार्यक्रममा राणाले यस्तो बताउनुभएको हो । उहाले अहिले मुलुकमा कुशासन चलेकोले यसको अन्त्य हुनुपर्ने समेत बताउनुभयो । कर्तव्यपालना नगर्ने शासकहरु विरुद्ध एक जुट भएर अभियानको सरुवात गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
पार्टीका अर्को अध्यक्ष प्रकाशचन्द्र लोहोनीले हिमाल, पहाड र तराई मधेशका जनता सबै सम्मानका साथ राज्यमा बस्न पाउनुपर्छ भन्ने अभियानको सुरुवाता शाहले गरेको बताउनुभयो । पृथ्वी जयन्तीकै अवशरमा भएको अर्को कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका संस्थापक पृथ्वी नारायण शाहको योगदानलाई जीवित राख्दै सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँध्न नेपाली सेनाले प्रयास गरिरहेको बताउनुभएको छ । अनेकौं दृष्टिमा राष्ट्रनिर्माता नामक ग्रन्थको लोकापर्ण कार्यक्रममा प्रधानमन सेनापति थापाले राष्ट्रियता र राष्ट्रिय एकता अभिवृद्धि गर्ने अभिप्रायले एकीकरण मार्ग निर्माण गरिरहेको समेत बताउनुभयो । नेपाल एकीकरण गर्दा प्रयोग भएका पदमार्ग, एकीकरण अभियानसँग सम्बन्धित इतिहास र ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्बद्र्धन गरी पर्यटनलाई सहयोग गर्ने लक्ष्यका साथ सेना अगाडी बढेको उहाँले बताउनुभयो । अनेकौं दृष्टिमा राष्ट्रनिर्माता’ ग्रन्थ हरि प्रसाद स्वडारीले लेख्नुभएको छ । लेखक स्वडारीले पृथ्वी नारायण शाहसँग सम्बन्धि प्रकाशित पुस्तकहरुमध्ये यो पुस्तक वृहत रहेको बताउनुभयो ।