राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

 

प्रा.डा विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको हा । पौडेलको नियुक्तिसँगै राष्ट्र बैंकमा डेढ महिनापछि नयाँ नेतृत्व पाएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । पौडेल सहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
यसअघिका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।
अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । यसअघि उनी राष्ट्रिय योजना आयोगकै सदस्य तथा वरिष्ठ अर्थशास्त्रीको भूमिकामा थिए । वित्त नीतिमा विशेष दख्खल भएका उनी शेयर बजारप्रति सकारात्मक व्यक्ति मानिन्छन् ।
पौडेलको नियुक्ति हुने खबरले मंगलबार सेयर बजार आज झन्डै ५० अंकले बढेको छ । यसले उनीप्रति समेत लगानीकर्ताको धारणा सकारात्मक रहेको देखिएको छ ।

Spread the love