आवश्यकता अनुसार पछि थप्न सक्ने
सरकारले अन्तराष्ट्रिय सिमा नाकाको आवागमन लाई चैत २५ गते राती १२ बजे
सम्मलाई निरन्तरता दिएको छ । तर यस अवधिमा ढुवानीको यातायात भने सुचारु हुने
भएको छ ।
आईतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अन्तराष्ट्रिय सिमा नाकाको
आवागमनलाई चैत २५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । कोरोना
भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले चालेको कदमका कारण
संक्रमितको संख्या बढ्न नपाएकोमा सरकार सन्तुष्ठ रहेको निष्कर्ष निकाल्दै बैठकले
सबैको सहयोगका लागि धन्यवाद पनि दिएको छ । त्यसैगरी संक्रामक रोग ऐन २०२०
को आदेश चैत २५ गते राती १२ बजे सम्मलाई कायम राख्ने निर्णय गरेकोे छ ।
यसअघि आईतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा
रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय
समन्वय समितिको बैठकले लकडाउनको समय बढाउन सरकारलाई सिफारिस गरेको
थियो । यसअघि चैत १० गते बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले ११ गते
मंगलबार देखि १८ गते सम्म देशभर लक डाउन गर्ने निर्णय गरेको थियो ।
आईतबारको बैठकले कोरोना रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन
सरकारले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेलको संयोगकत्वमा कोरोना १९
क्रासिस म्यानेजमेण्ट सेन्टर गठन गरेको छ । कोरोना १९ क्रासिस म्यानेजमेण्ट
सेन्टर नामको उच्चस्तरीय कार्यदलमा गृहमन्त्री,अर्थमन्त्री, स्वास्थ्य तथा जनसंख्या
मन्त्री,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन
मन्त्री सदस्य रहने छन् । यो उच्चस्तरीय कार्यदलमा सुरक्षा निकायका प्रमुखहरु पनि
रहने व्यवस्था गरिएको छ । यो टिमले सरकारले दिएको आदेश कार्यान्वयन गराउने,
शान्ति सुरक्षा कायम गर्ने र संक्रमणलाई नियन्त्रित अवस्थामा लगेर सबैलाई
अनुशासनमा राख्ने गरि काम गर्ने निर्णय जिम्मेवारी तोकिएको छ ।