लघुवित्त र मिटरब्याजी पीडितहरुले गरे आन्दोलन

लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौंमा आन्दोलन गरेका छन् । मंगलवार लघुवित्त वित्तीय संस्थाहरुको बिरोधमा माईतीघर मण्डलामा भेला भएर पीडितहरुले बिरोध प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाहरुबाट काठमाडौं आएका उनीहरुले आज संयुक्त बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन गरेको दाबी गरेका छन् । उनीहरुले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् । लघुवित्तीय संस्थाहरुले फिर्ता नहुने गरी केन्द्र वचतको नाममा विगत ३० वर्षदेखि गेरको प्रति सदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक प्नःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूणर् ऋणिहरु बाहेकका विभिन्न नाममा गरिएको वचत कर्ताहरुको रकम हिसाव गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् । आन्दोलनमा सहभागीहरुले समाजवादी अर्थतन्त्रको विकास गर्, आम गरिव किसानलाई निःशुल्क ऋण प्रदान गर्, आवश्यक्ता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर् लगायतका प्लेकार्ड बोकेर आन्दोलन गरेका थिए ।

Spread the love