लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा सार्वजनिक

सरकारले लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ । मंगलबार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नयाँ नक्सा सार्वजनिक गरिएको हो । जेठ ५ गते मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नक्सा मन्त्री पद्मा अर्यालले सार्वजनिक गर्नुभएको हो । नया“ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसँगै गुञ्जी, नाबी र गुटी लगायतका क्षेत्रपनि समेटिएको मन्त्री अर्यालले बताउनुभयो । राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री अर्यालले नेपालको सो कदमलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभयो । नेपालसँग उपलब्ध प्रमाण र तथ्यले देखाएको बाटोमा सधै अगाडी बढ्ने उहाँले बताउनुभयो ।

नेपालको सम्पूर्ण भूमि समेटिएको नक्सा सार्वजनिक हुनु सिंगो नेपालीहरुका लागि ऐतिहासिक सुखद क्षण भएको उहाँले बताउनुभयो । नक्सा सार्वजनिक कार्यक्रममा मन्त्री अर्यालले नयाँ नक्सा सार्वजनिक भएपछि विश्वमा नेपालको माननित्र, नेपालीको मान र नेपालीको मन बदलिएको समेत बताउनुभयो । सार्वजनिक गरिएको राजनीति तथा प्रशासनिक नक्सामा ७ सय ५३ वटा स्थानीय तह, सातवटा प्रदेश र अन्तर्राष्ट्रिय सीमानाहरु पनि समेटिएका छन् । सरकारले नेपाल र नेपालीको सिर झुक्न नदिने उल्लेख गर्दै नक्सा प्रयोग हुने सम्पूर्ण सरकारी दस्तावेज र पाठ्यपुस्तकमा नयाँ नक्सा प्रयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गर्नुएको छ ।

Spread the love