काठमाडौं । लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आएको छ । बिहीबार लुम्बिनी पुगेर प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बुटवल उपमहानगरपालिका ३ गोलपार्क बमघाटदेखि, पाल्पाको तिनाउँ गाउँपालिका ३ बसन्तपुरसम्म पुग्ने केवलकारको उद्घाटन गरेका हुन् ।
करिब ३ किलोमिटर दुरीको यो केवलकारबाट पाल्पाको प्रसिद्ध कामाख्यादेवी मन्दिरसहित भगवती मन्दिर, कैलाशपर्वत, गणेश मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य पुग्न सकिन्छ ।
केवलकार उद्घाटनगर्दै प्रधानमन्त्री प्रचण्डले, उत्पादन र रोजगारीको क्षेत्रमा उत्साहजनक प्रगति हुन नसकेको भन्दै देशमा प्रयोग हुँदै आएको विकास मोडलबारे पुर्नविचार गर्नु आवश्यक रहेको बताए ।
निजि क्षेत्रको लगानीमा केवलकार सञ्चालनमा आएसंगै विशाल पर्यटकीय पूर्वाधारहरू निर्माण भएको, मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश गएको दाहालले बताए ।
अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग-व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निणर्य सरबमरले गरिसकिएको स्मरण गराउँदै उनले कृर्षि,उद्योग लगायतका क्षेत्रको आर्थिक वृद्धिरलाई बढाउउन सके वित्तिय क्षेत्रको आधार बलियो बनाउन सक्ने धारणा राखे ।
‘पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद् हो । कृषि, उत्पादन, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थीर रहन्छ ।’ प्रचण्डले भने ।
त्यस्तै, उनले वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग साथमा रहेर अघि बढ्ने नीति लिएकोले भन्दै उनीहरूसँगको सहकार्यबाट अघि बढ्न चाहेको तथा निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा पर्ने जस्तासुकै समस्याहरूकमा साथ दिन तत्पर रहेको पनि स्पस्ट पारे ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here