काठमाडौं । वैदेशिक रोजगार व्यवसायी सङ्घको आसन्न निर्वाचनलाई लिएर विभिन्न पक्ष, समूहले आआफ्नो टिम घोषणा गर्ने क्रम जारी छ । यसै क्रममा विहिबार लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट कुमुद खनाल पक्षले अध्यक्ष, महासचिव लगायतका पदाधिकारी र सदस्यहरुको उम्मेदवारी चयन गरेको छ। काठमाडौंमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका संस्थापक पदाधिकारी तथा पूर्व अध्यक्षहरुको उपस्थितिमा भेला आयोजना गरी उम्मेदवार चयन गरेको हो ।
अध्यक्षः कुमुद खनाल
वरिष्ठ उपाध्यक्षः प्रज्ञान न्यौपाने
द्वितीय उपाध्यक्षः सुजित श्रेष्ठ
तृतीय उपाध्यक्षः लक्ष्मण पौडेल
महासचिवः कर्णराज कटुवाल
सचिवः ईश्वर सापकोटा
सदस्यहरुः विक्रम श्रेष्ठ तोरण कार्की, कैलाश पाठक,प्रकाश बोहरा, राजकाजी भोलान, विश्वास तिम्सिना लगायतको टिम घोषणा गरेको छ ।
आफ्नो समूहमा पेशाप्रति प्रतिबद्ध, अनुभवी व्यवसायीहरूको साथ समर्थन रहेको अध्यक्षका उम्मेदवार कुमुद खनालले बताए । सम्पूर्ण व्यवसायीहरूको हक,हितमा आफू रहेको र आफूले सिंगो एसोसिएसनको लिड गर्ने धारणा उनले व्यक्त गरे।
गुल्मीको रिडी स्थायी ठेगाना भएका कुमुद खनाल बाल्यकालदेखि काठमाडौँको बानेश्वरमा बस्दै आएका हुन् । उनले अस्ट्रियाबाट सस्टेनेबल टुरिजम म्यानेजमेन्ट विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन् । उनले रोटरी क्लब काठमाडौँ लगायत विभिन्न सामाजिक संघसंस्थामा कार्य गरिसकेका छन्। उनी वैदेशिक रोजगार व्यवसायी संघमा सचिव,महासचिव, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष समेतको जिम्मेवारी सम्हालेका अनुभवी व्यक्ति हुन् ।