लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा बढ्यो विवाद

आसन्न वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचलाई लिएर लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा विवाद बढेको छ । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा अध्यक्षका आकांक्षी फ्युजन एच आरका सञ्चालक कुमुद खनालले भने —“लोकतान्त्रिक एसोसिएशनका अध्यक्ष दीपक थापाले आर्थिक प्रलोभनमा परेर आफू खुसी निर्णय गरेका छन् । आर्थिक प्रलोभनमा परेर केन्द्रीय प्रतिनिधिको उपस्थिति बिना नै अध्यक्ष र महासचिव लगायत नौ जनाको उम्मेदवारी टुंगो लागेको भनी गलत प्रचार गरेका छन् । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष तिलक रानाभाटको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको भनिए पनि निर्वाचनको उम्मेदवार टुङ्गो नलागिसकेको अवस्थामा प्रचार प्रसार समिति बन्ने कुरै भएन। यो गलत प्रचार गरिएको हो।”
एसोसिएसनका अधिकांश पूर्व अध्यक्षहरू आफूहरूको साथमा रहेको अध्यक्षका आकांक्षी फ्युजन एच आर का सञ्चालक कुमुद खनालले बताए । निर्वाचनको मनोनयन गर्ने दिन सम्म सुभेच्छुक पार्टीले तोकेका आधिकारिक प्रतिनिधिको संयोजनमा सर्वसम्मतिमा उम्मेदवार चयन गरिने उनले बताए ।

Spread the love