लोक सेवा आयोगका परीक्षाहरु माघ मसान्तसम्म स्थगित

माघ ६ ,काठमाडौं ।  लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

आयोगले देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि माघ ११ देखि माघ मसान्तसम्मको लागी लिखित परीक्षाहरु स्थगित गरेको आयोगले जनाएको हो । यही माघ ११ गतेदेखि उप–सचिवको परीक्षा तय भएको थियो, भने संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए ।

 

Spread the love

Comment here