वर्कसप विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने

सवारी मर्मत सम्बन्धि वर्कसप विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसैगरी उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै गर्नुपर्ने, आवश्यक पर्ने पीपीइ सेट लगायतका स्वास्थय सामथग्री सम्बनिध्त उद्योग कलकारखानाबाट प्रवन्ध गर्नुपर्ने तथा शिक्षा मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्ष सञ्चालन गर्न पाउने निर्णय पनि प्रशासनले गरेको छ । विदेश जाने व्यक्तिहरुको हकमा आवतजावत सहजिकरण गर्दै स्वाव परीक्षण गराउने व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरु समेत स्वाव परीक्षण गराउने व्यक्तिको रिपोर्ट नआउँदा सम्म होम क्वारेन्टिनमा बस्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयको मापण्ड विपरित हिडडुल गर्नेहरुमाथि संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने जनाउँदै प्रशासनले त्यसको अनुगमन स्थानीय तहका सम्बन्धित वडाहरुले गर्नुपर्ने बताएको छ ।

Spread the love