वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दैःअध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै गएको बताएका छन् ।
आइतबार धान दिवसका अवसरमा शुभकामना दिँदै उनले समयमा मल, बीउ र सिंचाइको अभावले किसानहरूले ठूलो कठिनाइ भोगिरहनु परेको बताए ।
त्यस्तै उनले धान बालीमा सघन ताल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मलतथा सिंचाइका साथै थान जोनाहरूमा पर्याप्त लगानी जुटाउन सरकार समक्ष माग गरे ।
प्रतिपक्षमा रहेर किसानका मुद्दालाई जोडतोडले उठाउँदै सरकारलाई जवाफदेही बनाउन कटिबद्ध रहेको भन्दै उनले धान बालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणमा जुटी कृषकहरूको समस्यामा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।

Spread the love