सरकारले विज्ञापन बोर्डमा सूचिकृत नभएका सञ्चार माध्यामहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताउनु भएको हो । त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यामहरुको सूचिकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ । बोर्डमा सूचिकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताउनु भयो ।

बोर्डले विज्ञापन बजारलाई पारदर्शी बनाउन, विज्ञापन व्यवसायमा संलग्नहरुलाई दक्ष बनाउन सो तालिम संचालन गर्नु परेको पनि स्पष्ट पारेको छ । बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरुको साईज एकीन गर्ने, आम सञ्चार माध्यामहरुको लोकप्रियताको समेत एकीन हुने गरी रिसर्चको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने योजना पनि तय गरेको छ ।
विज्ञापन बोर्डले हाल तर्जुमा गरिएको विज्ञापन ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न पनि विज्ञापन व्यवसायमा संलग्नहरुलाई त्यस सम्बन्धि तालिम दिने कामलाई निरन्तरता दिन लागिएको जनाएको छ ।
Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here