वित्तीय उपकरणहरुलाई अहिलेको आवश्यकता अनुसार प्रयोग गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी

अर्थतन्त्रको विश्वास जोगाउन वित्तीय उपकरणहरुलाई अहिलेको आवश्यकता अनुसार प्रयोग गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टले अर्थतन्त्रको विश्वास जोगाउन वित्तीय उपकरणहरुलाई परम्परागत भन्दा आवश्यकतालाई ख्याल गरेर परिचालन गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइरोखको बताउनुभयो । उहाँले कर्जाको आधारदर डेढ वर्ष यता साढे १२ प्रतिशतबाट साढे ८ प्रतिशतमा झरेको बताउनुभयो ।
बचतको वयाजदर घटाउँदा अर्थतन्त्रमा चुनौति थपिने र वित्तीय साधनको परिचालनको आधार नै बचत भएकाले बचत निरुत्साहीत हुनेगरी मौद्रिक नीति नआउने समेत भट्टले स्पस्ट पार्नुभयो । उहाँले अर्थतन्त्रलाई सन्तुलित बनाउने गरी समस्टिगत आथिएक स्थायित्व कायम गर्ने मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिबाट कर्जाको पुर्नतालिकिकरण गर्ने, ब्याजलाई पूँजीकरण गर्ने, नगद प्रवाहमा समस्या देखिएकाले पुरानो धितोमा थप २० प्रतिशत कर्जा दिनुपर्ने, व्याजदर कमगर्न र पुर्नकर्जामा सबै क्षेत्रलाई समावेस गर्ने व्यवस्था सहितको मौद्रिक नीति ल्याउन माग गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कर्जाको ब्याजदर कमगर्न बैंकहरुलनई आधार दर घटाउन निर्देशित गर्नेगरी मौद्रिक नीति आउनुपर्ने बताउनुभयो । उहाँले ब्याजको अन्तर ३ प्रतिशतमा कायम गर्ने र उद्योग, व्यवसायलाई सहयोग गर्ने तर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले व्यवसायिक रुपमा बजारले निर्धारण गरेको ब्याजदरलाई स्वीकार गर्न आग्रह गर्नुभयो । उहाँले मुद्रास्फीति भन्दा कम हुने गरी निक्षेपको ब्याजदर निर्धारण गर्न नसकिने स्पस्ट पार्नुभयो ।
विगतमा १५÷१६ प्रतिशत रहेको ब्याजदर अहिले एकल अंकमा झरेकाले बजारको आवस्यकता र माग अनुसार नै ब्याजदर निर्धारण भएको ढुङ्गानाले बताउनुभयो । उहाँले अहिले उद्योगी व्यवसायीहरुले माग गरे अनुसार ५÷६ प्रतिशतमा कर्जाको ब्याजदर कायम गर्न नसकिने पनि स्पस्ट पार्नुभयो ।

Spread the love