विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न सरकारसँग माग

माघ १३,काठमाडौं । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन्।

बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन कार्यक्रमा बोल्दै नीजि क्षेत्रका तीन ठूला छाता संगठनहरुले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न सरकारसँग माग गरेका हुन । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आयातित बस्तुको भन्सार मूल्याङ्कन कारोबार मूल्यको आधारमा गर्नु पर्ने बताउनु भएको छ । उहाँले अहिले भन्सारमा मूल्य पुस्तिकाका आधारमा बस्तुको मूल्याङ्कन गरिन्छ त्यो विश्व व्यापार संगठनसँगको सम्झौता विपरित भएको बताउनु भयो । उहाँले भन्सारमा मूल्याङ्नमा समस्या रहेकाले यो समस्या सरकारले तत्काल समाधान नगरे भन्सारमा मात्रै नभएर समग्र अर्थतन्त्र संकटमा पर्ने बताउनु भयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताउनु भयो । उहाँले पहिला एक रुपैयाँ कर लाग्ने ठाउँमा १० रुपैयाँको दोब्बरले बढेको बताउनु भयो । श्रेष्ठले स्थानीय तहले सम्पति करको नाममा उद्योग तथा व्यवसायलाई कर लगाउनु गलत भएको बताउनु भयो । उहाँले भन्सार भनेको राजश्वको शुरुवात मात्रै नभएर जनताको सुरक्षाको उद्गम विन्दु पनि भएको बताउनुभयो । श्रेष्ठले सरकारले भन्सारमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गर्नु पर्ने बताउनु भयो । यस्तो प्रयोगशाला नहुँदा अहिले चीन र भारतमा नेपालको निर्यात शून्य जस्तै भएको बताउनु भयो । पछिल्लो समय शतप्रतिशत मार्जिनको कारण भन्सारमा रोकिएका सामानका गाडी सरकारले तत्काल भन्सार पास गर्नु पर्ने श्रेष्ठले माग राख्नु भयो ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नु पर्ने बताउनु भयो । उहाँले अहिले बढ्दै गएको मुलुकको व्यापार घाटा कम गर्न सरकारले निर्यात प्रर्वद्धन गर्नु पर्ने बताउनु भयो । अध्यक्ष मल्लले सरकारले भन्सारमा सरकारले आयात भएको बस्तुको कारोबार मूल्यलाई मान्यता दिनु पर्ने बताउनु भयो । जसरी भन्सारमा मूल्य पुस्तिका पल्टाएर व्यवसायीलाई दुःख दिँदा अर्थतन्त्रमा संकट आउन सक्ने बताउनु भयो ।

अध्यक्ष मल्लले भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याप राख्न सुझाव दिनु भयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याप राख्दा नेपालको सामान विदेश निर्यात गर्दा अन्य देशले क्वारेन्टाइन ठिक छैन भन्ने अवस्ता नआउने बताउनु भयो ।

 

Spread the love