विद्युत प्राधिकरणका कर्मचारीहरुको बोनस खोसेर जनतालाई वितरण गर्ने सरकारको योजना छ्रैन ः उर्जामन्त्री

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणका कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताउनुभएको छ । शुक्रवार नेपाल विद्युत प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरुले कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने संकिणर् सोच नराख्न आग्रह गर्नुभभएको हो । उहाँले बोनसको विषयमा फरक रुपमा राजनीतिकरण गर्ने काम नगर्न युनियनलाई निर्देशन दिनुभयो । मन्त्री भुसालले प्राधिकरण घाटामा रहँदा समेत ऋण गरेर भएपनि कर्मचारीहरुलाई तलव खुवाएकाले नाफामा जाँदा तलव नदिने विषय नभएको बताउनु भयो । उहाँले सरकारले अझै ७ लाख जनतालाई विद्युत पुर्‍याउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले प्राधिकरणका स्थायी र अस्थायी सबै कर्मचारीहरुले १० प्रतिशत बोनस नै पाउने बताउनु भयो । मन्त्री भुसालले प्राधिकरणमा काम गर्ने सबै कर्मचारी भएकोले सबैले सम्मान बोनस दिने बताउनु भयो । उहाँले सरकारले कर्मचारीहरुको १५ प्रतिशत तलव बढाए पनि मन्त्रीहरुको तलव नबढाएको बताउनु भयो । मन्त्री भुसालले विद्युत प्राधिकरणलाई १६ अर्बको नभएर १६ खर्ब नाफा गर्ने संस्थामा बदल्नुपर्ने बताउनु भयो ।
उहाँले प्राधिकरणले १६ खर्बको नाफा गर्दा कर्मचारीहरुले अहिले पाएको भन्दा १६ गुणा बढी सेवा सुविधा बढ्ने बताउनु भयो । मन्त्री भुसालले प्राधिकरणमा पाँच जना युनियनको नेता नभएर एकजना भए पुग्ने बताउनु भयो । उहाँले प्राधिकरणमा आधिकारी रुपमा एउटा युनियन बनाउन आग्रह गर्नुभयो । उहाँले कार्यालय समयमा प्राधिकरणमा कुनै राजनीतिक नभएर संस्थाको वृद्धि विकासमा काम गर्न निर्देशन दिनुभयो ।

Spread the love

Comment here