विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एपपीओ लागि आजबाट आवेदन खुला गरेको छ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो शेयरका लागि लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ भन एफपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ ।