विपद्को विषयलाई ठिकढंगले सम्बोधन गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तराई–मधेसमा पानीको गम्भीर अभावसिर्जना भएको बताएकाछन् ।
राष्ट्रियविपद् जोखिमन्यूनीकरणतथाव्यवस्थापनप्राधिकरणको समन्वयात्मक बैठकमाबोल्दै मन्त्रीलेखकले मुलुककाविभिन्नभूभाग, विशेष गरी मधेस र तराई क्षेत्रमाखानेपानी र सिँचाइकालागिपानीको हाहाकार रहेको जानकारी दिए।
मन्त्रीलेखककाअनुसार अहिलेको परिस्थितीजलवायु परिवर्तनको प्रत्यक्षप्रभावहो ।उनले हालै रसुवागढीमाआएको बाढी र त्यसले मितेरी पुलबगाएपछिभएको जनधनको क्षतिको पनि स्मरण गरे । ‘हाम्रो देशमापर्याप्त वर्षा नभएपनिबाढीले ठूलो क्षति पु–याएको छ। मधेस तराईमाभने पानीको हाहाकार छ।यी सबै जलवायु परिवर्तनकै असर हुन्,’उनले भने।
उनले नेपालप्राकृतिकविपद् जोखिमको उच्चजोखिममा रहेको देशभएको उल्लेखगर्दैभूकम्प, बाढी, पहिरो, डुबान र चट्याङलगायतकाविपद्ले देशलाई निरन्तर चुनौतीदिइरहेको बताए।‘अब केही समयपछिअत्यधिकवर्षा भएर फेरि बाढी र डुबानको स्थितीहुन सक्छ,’उनले भने ।
सरकारले विपद् व्यवस्थापनलाई उच्चप्राथमिकतामा राखेको मन्त्रीलेखकले स्पष्टपारे ।

Spread the love