सांसदहरुले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र)की सांसद सत्य पहाडीले बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूणर् कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कणर्प्रिय नारा मात्रै भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गर्नु भयो । उहाँले स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रका लागि प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी रोजगारी सृजना गर्ने काममा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने गरी सरकारले नीति बनाएकाले विकास, निर्माणको काम अवरुद्ध भइरहेको आरोप लगाउनु भयो । उहाँले ठूला उद्योगी र व्यवसायीहरुले बैंकहरुलाई नियन्त्रणमा लिएकाले साना व्यापारी र उद्यमीहरुले बैकबाट ऋणनै नपाउने अवस्था आउँदा पनि बेखवर भएको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो ।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद हिरा गुरुङले काठमाडौंमा फोहोरको समस्या गत वर्षहरुमा भन्दा पनि बढि भएको भन्दै त्यसको व्यवस्थापनका लागि काम गर्न सरकारलाई दवाव दिनु भयो । उहाँले बाढिपहिरो र डुबान पीडितहरुलाई राहत दिने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले चौरहजारी विमानस्थलको सेवा सूचारु गराउन सरकारसँग माग गर्नु भयो । उहाँले मध्यपहाडी सडक अन्तरगतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गर्नु भयो । सांसद बस्नेतले सो पुलको निर्माण कार्य ढिलाई हुनुको कारण खोजी गरी छिटो पूरा गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गर्नु भयो ।
सांसद बस्नेतले दशक वितिसक्दा पनि सो पुल निर्माणको काम २० प्रतिशत मात्रै पूरा भएको उल्लेख गर्दै त्यसलाई ढिलाई हुन नदिन सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here