काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका विभिन्न चार मूलुकका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जापानका आवासीय राजदूत माइदातोरु, तुर्कमेनिस्तानका गैर–आवासीय राजदूत शालर गेल्डिन जारोभ,जनवादी लोकतान्त्रिक गणतन्त्र लाओका गैर–आवासीय राजदूत बाउमी भान्मानी र इस्लामिक गणतन्त्र इरानका गैरआवासीय राजदूत इराजइलाहीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौं स्थित होटल डुसिट प्रिन्सेस देखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।