कोरोना भाइरसको संक्रमणबाट बच्न मेसिन विभिन्न ठाउ“मा राखिएको जानकारी
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ । विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँठाउँमा हात धुने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकोले ठाउ“ठाउ“मा हात धुने पानी र साबुनको व्यवस्था गरिएको हो । चन्द्रागिरी नगरपालिकाले पनि उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यलय अगाडि हात धुने व्यवस्था मिलाउँदै चन्द्रागिरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तोष खड्काले कोरोना भाइरसको संक्रमणबाट बच्न मेसिन निर्माण गरी उपत्यकाका विभिन्न ठाउँमा राखिएको बताउनुभयो । नगरपालिकाको आफ्नै खर्चमा भिडभाड हुने स्थानहरुमा मेसिन राख्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
ट्राफिक कार्यालय अगाडि बाटोमा हात धुने व्यवस्था गरिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले हात धुँदै ट्राफिक कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहयोग पुगेको बताउनुभयो । उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखमबाट जोगिन सहज हुने भएको छ । काठमाडौं उपत्यकाका मुख्य मुख्य स्थानमा अहिले हात धुने पानी र साबुनको व्यवस्था गरिएको छ ।