विमानस्थल पूर्वाधार विकासमा ध्यानदिन प्रधानमन्त्रीको प्राधिकरणलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, विमानस्थलको पूर्वाधार र उपकरणहरुको विकासलाई प्राथमिकताका साथ अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
आज नेपाल नागरिक उड्डयान प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालय भवन उद्घाटन गर्दै उनले देशभर हवाई सेवा प्रदान गर्दै आएको ३० वटा विमानस्थलहरुको पूर्वाधार विकासको काम तिव्रताका साथ अगाडि बढाउन प्राधिकरणलाई विशेष निर्देशन दिएका हुन् ।
उनले भने, ‘जिल्लाहरुसहित देशभरका ३० वटा विमानस्थलले हवाई सेवा प्रदान गरिरहेका छन् यद्यपी यी विमानस्थलको पूर्वाधार विकास, उपकरणहरुको प्रवन्धलगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यक छ । प्राधिकरणले आगामी दिनमा यस क्षेत्रमा पनि थप मेहेनत गर्ने विश्वास मैले लिएको छु । यस कार्यलाई तिव्रताका साथ अगाडि बढाउन प्राधिकरणलाई विशेष निर्देशन पनि जारी गर्न चहान्छु।’
उनले, चीन भ्रमणमा पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गर्न सहयोग जुटाउने विषयमा ध्यान केन्द्रीत रहेको पनि बताए ।
यस्तै, उनले त्रिभुवन विमानस्थलको आधुनिकिकरण गर्ने गुरु योजना अन्तिम तहमा पुगेको र निजगढ अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्य अगाडि बढाउँन मन्त्रिपरिषद्को बैठकबाट ठोस निर्णय लिने पनि जानकारी गराएका छन् ।
उनले भने, ‘त्रिभुवन विमानस्थलको आधुनिकिकरण गर्ने गुरु योजना अन्तिम तहमा पुगेको जानकारी गराउन पाउदा खुसि लागेको छ । यस सन्दर्भमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निमार्ण कार्य अगाडि बढाउँन मन्त्रिपरिषद्को बैठकबाट ठोस निर्णय लिने पनि जानकारी गराउन चहान्छु ।’

पूर्वाधार विकास र हवाई सुरक्षामा प्राधिकरणले लिएको पहलप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा थप स्पष्ट नीति र कार्ययोजनाका साथ अगाडि बढ्न निर्देशन पनि दिएका छन् ।

Spread the love

Comment here