साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा वृद्धि भएको छ । विहीवार नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंकले बढेको छ ।
विहीवार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा समेत सुधार भएको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, लगानी , विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर, फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य २.९७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here