काठमाडौं । आगामी फागुन २ गते हुने भनिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बैठकले निर्वाचन स्थकितगर्ने निर्णय गरेको हो । फागुन २ गते हुने निर्वाचन स्थगित गर्ने निर्णय गरिएको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाई सकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भन्डारीले बताए । संघका अध्यक्ष राजेन्द्र भण्डारीले साधारणसभा सार्नुमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको मुख्य गरी व्यवसायीको हक, हितमा गर्नुपर्ने कार्यहरु थाति रहेको सन्दर्भमा अग्रज व्यवसायी सहित सबै तिरबाट सुझाव र आग्रह आएपछि मिति सारिएको र सरेको मितिमा कुनै पनि अवस्थामा नयाँ नेतृत्वका लागि निर्वाचन हुने आफ्नो प्रतिबद्धता रहेको बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले निर्वाचन २०८२ असार १७ गते गर्न निर्णय सहितको प्रस्ताव अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघको भवन खरिद प्रक्रिया टुंगोमा पु¥याउने, बांकी रहेका माग पत्र प्रमाणीकरण गर्ने, इजाजत नवीकरणका लागि १०० को प्राबधान हटाउन वैदेशिक रोजगार ऐन संशोधन गर्ने, सेवा शुल्क परिमार्जन गर्ने लगायतका महत्त्वपूर्ण काम टुंगो लगाउनुपर्ने भएकोले निर्वाचन सार्ने निर्णय गरिएको वैदेशिक रोजगार व्यवसायी संघका सचिव कर्णराज बटुवालाले बताए । समग्र व्यवसायीहरुको हितकालागि निर्वाचन सार्ने निर्णय भएको हो, त्यसैले सम्पूर्ण व्यवसायीहरुलाई नआत्तिन र संयमित भएर संघलाई सहयोग गर्न आग्रह गर्दछु कटुवालले भने ।
अर्कोतर्फ निर्वाचन सार्ने निर्णयको विरोधमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संघ र तराई वैदेशिक रोजगार व्यवसायी समाजले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरेका छन् ।