काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ बन्दीपुरकी सन्जिता गुरुङ र तनहुँ भिमादका रेशमराज लामिछाने रहेका छन् । वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै तनहुँ बन्दीपुरकी सन्जिता गुरुङले६० लाख ८९ हजार र तनहुँ भिमादका रेशमराज लामिछानेले २४ लाख लिएको उजुरी परेपछि प्रहरीले तिनीहरुलाई पक्राउ गरेको हो । तनहुँ बन्दीपुरकी सन्जिता गुरुङले वैदेशिक रोजगारीका लागि बेलायत पठाउने र रेशमराज लामिछाने ले यूएई पठाउने भन्दै रकम लिएको उजुरी परेको प्रहरीले बताएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोप, अमेरिका, क्यानाडा लगायतका देशहरुमा पठाईदिन्छु भनी रकम असुल गरी ठगी गरेको उजुरीहरु बढेको प्रहरीले जनाएको छ ।