वैदेशिक रोजगारीमा जाने जेनजी शहीद परिवारलाई स्वास्थ्य नि:शुल्क

७ पुस, काठमाडौं । जेन्जी आन्दोलनका घाइते तथा सहिद परिवारलाई वैदेशिक रोजगारमा जादा स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीमा जाने घाइते परिवारको स्वास्थ्य परिक्षणमा ५० प्रतिशत र मृतकका परिवारलाई शतप्रतिशत निशुल्क रूपमा स्वास्थ्य परिक्षण गरिने सहमति भएको छ ।
मेडिकल तथा ओरेन्टेशन समस्या समाधान समिति र स्वास्थ्य संस्था संचालक संघ नेपालबीच सहमति भएको हो ।

Spread the love