वैदेशिक रोजगारी ठगी नियन्त्रण गर्न ‘विशेष कार्यदल’ गठन गर्ने

वैदेशिक रोजगारी ठगीमा मुद्दा छिटो अनुसन्धान गर्न सरकारले विशेष कार्यदल गठन प्रक्रिया अघि बढाएको छ। विशेष कार्यदलमा वैदेशिक रोजगार विभाग, महान्यायाधिवक्ता कार्यालय, गृह मन्त्रालय र सुरक्षा निकायका अधिकारी रहनेछन् र १५ जनासम्म सदस्य रहनेछन्।
विभागमा हरेक दिन सयौँको संख्यामा नयाँ उजुरी थपिँदै आएका छन् । हरेक वर्ष ५ हजारभन्दा बढी उजुरी आउने गरेको विभागले जनाएको छ । हाल विभागमा ३५ हजारभन्दा बढी ठगी मुद्दा अनुुन्धान क्रममा छन् ।
कार्यदलले कानुनी र नीतिगत कमजोरी पहिचान, उजुरी स्क्रिनिङ, अदालतमा लैजाने वा मेलमिलाप मार्फत टुंग्याउने मार्गनिर्देशन जस्ता काम गर्ने छ ।

Spread the love