काठमाडौँ। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार व्यवसायी लक्षित गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । बोर्डले काठमाडौँमा कानुनी र Ethical recruitment विषयमा २ दिने कार्यशाला गोष्ठी गरेको हो । उक्त कार्यशाला गोष्ठीमा वैदेशिक रोजगार सम्बन्धी वर्तमान व्यवस्था, वैदेशिक रोजगारमा हुने ठगी तथा नियन्त्रणका उपाय,मानव बेचबिखन ओसारपसार तथा नियन्त्रण सम्बन्धी कानुन, कर सम्बन्धी दायित्व लगायतका विषयमा विज्ञहरूले प्रस्तुतिकरण गरेका थिए । अधिकांश म्यानपावर कम्पनीहरूको सहभागिता रहेकोले कार्यक्रम सान्दर्भिक फलदायी रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सहकार्यमा भएको उक्तकार्यक्रम पेशालाई मर्यादित बनाउने कार्यमा मार्गदर्शक भएको साथै वैदेशिक रोजगार व्यवसायीहरूको युनिटीलाई अझ मजबुत बनाएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।