काठमाडौं । पूर्वअर्थ मन्त्री युवराज खतिवडाले व्यापारमा सुधार गर्नका लागि सरकारले भन्सार सुधार गर्नुपर्ने बताएक ाछन् ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सन्दर्भ मूल्यमा ध्यान दिनुपर्ने भन्दै भन्सार सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले सरकारले बजारमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउनु पर्ने भन्दै व्यापारीले कर तिरोस् भन्ने दायित्व सरकारको रहेको बताए ।
उनले आफ्नो कार्यकालमा सन्र्दभ मूल्य खारेज गर्न खोजेको तर नसकेको भन्दै यसमा ठुलो समस्या भएको बताए ।
यस्तै,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले कानूनमा अधिकतम खुद्रामूल्य (एमआरपी)को व्यवस्था भएको भन्दै एमआरपी लगाउनुपर्ने बताए ।