डलर, युरो र पाउण्डसँगै घट्यो अधिकांश विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १४९ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपियाँ ४६ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रुपैयाँ१५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्री दर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ१८ पैसा कायम भएको छ।

Spread the love