शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

आगामी आर्थिक वर्ष २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा क्षेत्रमा सबैभन्दा बढी १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

Spread the love