काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसारआज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला१ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रुपैयाँ पुगेको थियो ।