जेष्ठ १४ , काठमाडौ ।शुक्रवार काठमाण्डौमा आलु (रातो) को मुल्यमा ६ रुपैयाले वृद्दि भएको छ । विहीवार प्रतिकेजी ४६ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य शुक्रवार प्रतिकेजी ५२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।शुक्रवार काउली (स्थानिय)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन ।विहीवार प्रती केजी ३५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य शुक्रवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।

विहीवार प्याज सुकेको (भारतिय)को मुल्यमा ६रुपैयाले वृद्दि भएको छ । विहीवार प्रतिकेजी ४१ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) शुक्रवार प्रतिकेजी ४७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।विहीवार प्रतिकेजी ५५ रुपैयामा कारोवार भएको प्याज (हरियो) को मुल्य )शुक्रवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।
विहीवारको तुलनामा शुक्रवार गोलभेडा सानो(टनेल)को मुल्यमा ७ रुपैया ५० पैसाले शुक्रवार गिरावट भएको छ । विहीवार प्रतिकेजी ५२ रुपैया ५० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) शुक्रवार प्रतिकेजी ४५ रुपैयामा कारोवार भइरहेको छ । विहीवारको तुलनामा शुक्रवार गोलभेडा सानो(भारतीय)को मुल्यमा १० रुपैयाले गिरावट भएको छ । विहीवार प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भएको गोलभेडा सानो(भारतीय) शुक्रवार प्रतिकेजी ३२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here