शेयर बजारमा सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैनः मन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानी कर्ताको नाम लिइ सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शेयर मार्केट सिमित व्यक्तिको फाइदा पुग्ने माध्यमको रुपमा मात्रै सिमित बन्नु नहुने बताउनु भयो । उहाँले लगानीकर्ताहरु बैंकमा राख्दा बढी हुन्छ की शेयर बजारमा लगानी गर्दा बढी कमाइन्छ भन्ने हिसावले लगानी गर्ने गरेको भन्दै सिमित व्यक्तिलाई फाइदा हुनेगरी शेयर लगानी हुन नदिन बोर्डलाई आग्रह गर्नुभयो । उहाँले शेयर बजारलाई अटोमेटेड सिस्टममा र पेपरलेस बनाएर हरेक क्रियाकलाप लैजाने गरी अघि बढ्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले शेयरमार्केटलाई अझ स्वस्थ र बिस्तारित गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले शेयर मार्केट कमजोर गर्ने र विश्वास कम गर्नेकुरा सरकारबाट नहुने पनि स्पष्ट पार्नुभयो ।
शेयर बजारमा जलविद्युत कम्पनी बढी भएको र उद्योगी व्यवसायी यो क्षेत्रमा आउने क्रम बढेको दाबी गर्नुभयो । उहाँले यस क्षेत्रमा आउने उद्योगी व्यवसायी बढ्दा पारदर्शिता बढ्न अपेक्षा रहेको समेत बताउँदै बजारलाई स्वस्थ बनाउन अनुगमन पारदर्शी बनाउन आग्रह गर्नुभयो ।

Spread the love

Comment here