शेयर बजार परिसुचक नेप्से  ६८ दशमलव ४७ अंकले वृद्धि,सिटिजन्स बैंक इन्टरनेशनलको सर्वाधिक शेयर खरीदविक्री

असोज २०,काठमाडौं । शेयर बजार परिसुचक नेप्से  ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६८१ दशमलव ११ विन्दुमा पुगेर बन्द भएको छ ।  त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव  ५९ अंकले बढेर ५०४ दशमलव ७३ विन्दुमा पुगेको छ ।

बुधवार २२७ ओटा कम्पनिको ८१ लाख ८९ हजार ८९० कित्ता शेयरको ५५ हजार ३८५ पटकमा रू. ४ अर्ब ५० करोड ६ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

बैंकिङ क्षेत्रको परिसुचक  १ दशमलव २५ प्रतिशत, विकास बैंक समूह क्षेत्रको परिसुचक ४ दशमलव ८२ प्रतिशत, वित्त क्षेत्रको परिसुचक ६ दशमलव ५९ प्रतिशत, होटल एण्ड टुरिजम क्षेत्रको परिसुचक शून्य  दशमलव ९३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह क्षेत्रको परिसुचक ३ दशमलव ८९ प्रतिशत  र अन्य समूह क्षेत्रको परिसुचक १ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ ।

बुधवार सबै भन्दा बढी कारोवार सिटिजन्स बैंक इन्टरनेशनलको रहेको छ ।  बैंकको रू. २३ करोड ४ लाख ३७ हजार बराबरको भएको छ ।

Spread the love