संघको नयाँ नेतृत्वका लागि निर्वाचन अन्तिम चरणमा , दुई समूहवीच तीब्र प्रतिस्पर्धा

 

काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि निर्वाचन अन्तिम चरणमा पुगेको छ । आज अपरान्ह ४.०० बजे सुरु भएको निर्वाचनमा ८.०० बजेसम्म करिव ८८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा मतदान कार्य जारी छ । निर्वाचनमा नरेश गेलाल समूहर भुवन गुरुङ् समूहविच तिव्र प्रतिस्पर्धा भएको व्यवसायीहरुले बताएका छन् । निर्वाचन समाप्त भएपश्चात आजै मतगणना हुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

Spread the love
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको प्रमुख चुनौती रोजगारी रहेको बताएका छन्। शुक्रबार काठमाडौँको बसुन्धरामा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन्। कार्यक्रममा थापाले नेपाल वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका नवनिर्वाचित अध्यक्ष भुवन सिंह गुरुङ लगायतका पदाधिकारी र सदस्यहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गरे । उनले निर्वाचनको प्रक्रिया समाप्त भइसकेकोले अब समग्र व्यवसायीहरुलाई समेटेर लैजान अध्यक्ष गुरुङलाई सुझाव दिए । उनले वैदेशिक रोजगार व्यवसायीलाई मर्यादित बनाउनुपर्ने र सँगसँगै नाफा पनि आर्जन गर्नुपर्ने चुनौती रहेको बताए । थापाले अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पूँजीवादी व्यवस्था रहेको बताएका छन् । उनले पूँजीवादी आर्थिक व्यवस्थाभित्र नाफा हुने भन्दै पूँजीवादी व्यवस्था उत्कृष्ट रहेको बताएका हुन् । उनले निजि क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै निजी क्षेत्रलाई सबैले मद्दत गर्नुपर्ने बताए । ‘निजी क्षेत्र र विचौलिया फरक कुरा हो । हामीले निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने, मद्दत गर्ने र विचौलियाको प्रवृतिलाई निरुत्साह गर्ने हो । पूँजीवादी अर्थ व्यवस्था भित्र विचौलियाको ठाउँ हुदैन,’उनले भने ।