संसदका अध्यक्षहरुको पाचौ विश्व सम्मेलन भर्चुअल माध्यमबाट सुरु

संसदका अध्यक्षहरुको पाचौ विश्व सम्मेलन भर्चुअल’ माध्यमबाट सुरु भएको छ । अन्तर व्यवस्थपिका संघ (आइपीयू) र अष्ट्रियाको संसदले संयुक्त रुपमा आयोजना गरेको सम्मेलन आजबाट सुरु भएको हो । प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको सम्मेलन यो वर्ष अष्ट्रियाको भियनामा हुने तय भएपनि कोरोना संक्रमणका कारण आज र भोली गरी दुई दिन भर्चुअल माध्यमबाट भएको हो । एकसय भन्दा बढी देशका संसदको सहभागिता रहेको सम्मेलनमा मानव र पृथ्वीको शान्ति र दिगो विकासको बहुपक्षीय प्रभावकारीताका लागि संसदीय नेतृत्व रहेको छ । सम्मेलनमा नेपालको संसदको तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का र राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्याल सहभागि हुनुहुन्छ ।

अध्यक्ष तिमिल्सिनाले नयाँ संविधान निर्माण गरी दिगो विकासको लक्ष्य प्राप्तीका लागि समृद्ध नेपाल सुखी नेपालीको नारासहित अगाडी बढीरहेको बताउनुभयो । विश्वले कोरोनालाई छिट्टै पराजित गरी जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष तिमल्सिनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधि नियमित हुने समेत बताउनुभयो । उहाँले नागरिकको विश्वास आर्जन गर्दै स्थानीय, राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय एवं सहकार्यकालागि अन्तर व्यवस्थापिका संघ जस्ता बहुपक्षीय संस्था सँग एकिकृत प्रयास र एकताका लागि संसद क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

सम्मेलनमा जलवायु परिवर्तन र सुशासन प्रवद्र्धन लगायतका वषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । सम्मेलन आगामी २०२१ मा पुनः अष्ट्रियामा नै आयोजना हुने आईपीयूको सचिवालयले जनाएको छ ।

Spread the love