सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विष्णुदत्त पौडेलले सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोग लागेपछि जुनकुनै उपचार पनि पाउनसक्ने गरी कानून निर्माण गर्न आवश्यक भएको बताउनु भयो । उहाँले अस्पतालहरुमा प्रविधि र जनशक्तिको अभाव भएकाले बताउनु भयो । विदेशी देशहरुले सहयोग गरेका मेसिनहरु पनि अस्पतालमा सञ्चालन गर्नसक्ने सक्षम जनशक्तिको अभाव हुँदै थन्किएर बसेको बताउनु भयो । उहाँले साना कुराहरुको अनुमति लिनलाई विभिन्न मन्त्रालयहरु चहानुपर्ने तर पनि समस्याको समाधान हुन नसकेको बताउनु भयो । उहाँले क्यान्सरबाट निको भएका बिरामीहरुलाई समाजले राम्रोसँग स्वीकार नगर्ने र जागिर खान पनि समस्या हुने गरेको गुनासोहरु बढेको बताउनु भयो ।
उहाँले सरकारले विपन्न नागरिकलाई औषधिबापत दिने खर्च बढाउँदै लैजानुपर्ने बताउनु भयो । उहाँले क्यान्सर भएका बिरामीहरुलाई दिने कम प्रदेशपिच्छे फरक भएको र एउटै देशका नागरिकले एउटै रोगका लागि पाउनुपर्ने रकममा पनि विभेद भइरहेकाले सबैलाई एउटै रकम दिने व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले चुरोट र बिँडीजस्ता क्यान्सर निम्तिनसक्ने चिजहरुबाट कर बढाइ त्यसले क्यान्सरका बिरामीहरुको उपचार गर्नुपर्ने बताउनु भयो । उहाँले यस्ता क्षेत्रबाट उठाएको ट्याक्स खर्च नै हुन नसकेको बताउँदै राम्रोसँग यस्ता वस्तुमा ट्याक्स बढाएर सही सदुपयोग गर्ने हो भने क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गर्न सकिने बतउनु भयो । उहाँले सरकारबाट कानून निर्माण भएपनि त्यसको कार्यान्वयन हुन समस्या भएको बताउनु भयो ।
त्यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति, योजना र अनुुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले राजनीतिक दबाबका कारण दुर्गम क्षेत्रमा चिकित्सकहरु पठाउन कठिनाइ हुने गरेको बताउनु भयो । उहाँले सबैखाले संरचना र प्रणालीमा सुधार गर्दै अघि बढ्नुपर्ने बेला भइसकेको बताउनु भयो । उहाँले चिकित्सकको पेशामा पनि रकम लेनदेन, अनावश्यक रिफर गराउने लगायतका विकृतिहरु रहेको बताउनु भयो । उहाँले कतिपय अस्पतालले रिफरका लागि मात्रै अवैध रुपमा अस्पतालका शाखाहरु बिस्तार गरिरहेको बताउनु भयो ।
प्रमुख पौडेलले रिफरका लागि निर्माण गरिएका कतिपय अस्पतालका शाखाहरु आफू हेर्नुपर्ने ठाउँमा भएर पनि जानकारीमा नआएका रिफर सेन्टरहरु रहेको बताउनु भयो ।

Spread the love