समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुल्ने भएको छ । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैया संकलन गर्नेछ ।
एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।