समस्याग्रस्त दुईवटा सहकारी संस्थामा तालाबन्दी

हेटौँडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका दुईवटा सहकारी संस्थामा तालाबन्दी गरेको छ ।
प्रदेशको सहकारी तथा गरिब् िनिवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका तीन सहकारी संस्था मध्ये लालिगुराँस बचत तथा ऋण सहकारी संस्था र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाको काठमाडौँस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो ।
सुमेरु सेभिङ एन्ड क्रेडिट को अपरेटिभ, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थालाई यसअघि मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।
प्रदेश सरकार अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको सञ्चालन समितिलाई निलम्बन गर्दै कार्यालयमा तालाबन्दी गरेको हो ।
समितिका सदस्य सचिव महेश आचार्यले सहकारीको केन्द्रीय कार्यालयमा तालाबन्दी सँगै सहकारीले प्रयोग गर्दै आएको सर्भर लगायतका सामग्री नियन्त्रणमा लिएको जानकारी दिए ।
एनका अनुसार नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थामा यसअघि नै तालाबन्दी गरी सञ्चालक समितिलाई निलम्बन गरेर छानबिनको प्रक्रिया अगाडि बढाइएको छ ।
नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरी सहकारीको आयव्यय, दायित्व लगायतका अवस्था बुझ्न बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी सहितको टोलीले सहकारीमा रहेका कम्प्युटरको हार्डडिक्स, खाता लगायतका सामग्री नियन्त्रणमा लिएको थियो ।
सदस्य सचिव आचार्यले सुमेरु सेभिङ एन्ड क्रेडिट को अपरेटिभको कागजात हेटौँडामा रहेको प्रदेशको सहकारी महाशाखाबाट आएपछि कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
उनले उक्त सहकारीबारे यसअघि सिआइबीले छानबिन गरिरहेकाले कम प्राथमिकतामा राखिएको र कागजात आएपछि छानबिनको प्रक्रिया अगाडि बढाउने बताए ।
यसअघि प्रदेशका सहकारी तथा गरिबी नियन्त्रणमन्त्री मदुकुमार श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट यीतीन वटा सहकारी संस्थालाई समस्या ग्रस्त सहकारी घोषणा गरिएको थियो । यी सहकारी संस्थाले वित्तीय दायित्व पूरा नगरेको, बचत कर्ताको बचत माग गर्दा फिर्ता नगरेको, बचत फिर्ता गर्ने कार्ययोजना बनाएर पनि कार्ययोजना अनुसार काम नगरेको भन्दै मन्त्रालयले समस्या ग्रस्त सहकारी घोषणा गरेको हो ।
सहकारी महाशाखाका रजिस्ट्रार कुमार तामाङले सेयर सदस्यको उजुरी र सहकारी संस्थाले समयमा बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि समस्याग्रस्त सहकारी घोषणाको निर्णयमा पुगेको बताए ।
उनले उजुरीको सम्बोधन गर्न समस्या ग्रस्त सहकारीका सञ्चालकलाई पटक पटक ताकिता गर्दा पनि सुनुवाइ नभएको भन्दै समस्या ग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सञ्चालक समिति निलम्बनपछि समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले हेर्ने बताए ।
तीनवटा सहकारीबाट गरी सेयर सदस्यले करिब चार अर्ब रुपियाँको माग दाबी सहित उजुरी दर्ता गराएका छन् । सुमेरुका ८४८ वटा उजुरी, लालीगुराँसका ९७२ र नेसनल नमोबुद्धका सय जनाभन्दा बढी सेयर सदस्यको उजुरी सहकारी संस्था विरुद्ध महाशाखामा परेको छ ।
महाशाखाका रजिस्ट्रार तामाङले सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सेयर सदस्यले एक अर्ब ६१ करोड रुपियाँभन्दा बढी माग दाबी सहित निवेदन दिएको बताए । उनका अनुसार नेसनलन मोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यले १२ करोड २७ लाख रुपियाँभन्दा बढी र सुमेरु सेभिङ एन्ड क्रेडिट को अपरेटिभका सेयर सदस्यले दुई अर्ब २५ करोड रुपियाँ भन्दा बढी मागदाबी सहित उजुरी दिएका छन् ।

Spread the love