प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक गतिविधिहरुमा महिलाको सहभागिता अनिवार्य रहेको बताउनुभएको छ । शनिवारबाट काठमाडौंमा शुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन-२३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधनमन्त्री दाहालले राजनीतिक क्षेत्रमा मात्र नभइ समाजका हरेक गतिविधिमा महिला सहभागिता पहिलो प्राथमिकता राख्नुपर्ने बताउनु भयो । उहाँले महिलालाई प्राथमिकतामा राखेर मात्रै समतामुलक समाज निर्माणतर्फ देशलाई लैजान सकिने बताउनु भयो । उहाँले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको रहेको र लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको पनि बताउनु भयो । उहाँले संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै महिलाको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले महिलामा सिर्जनात्मक क्षमता धेरै रहने भन्दै आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि महिलाको सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here