काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले विदेश हिडेका १३२ जना कामदारहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर जादाँ पनि विमानस्थलमा एक्कासि विना कारण रोक्नु गलत भएको बताएका छन् ।
अध्यागम विभागले बुधबार र बिहीबार विदेश हिडेका १३२ जनालाई फर्काएको विषयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि विमानस्थलमा उनीहरुमाथि गरिएको व्यवहार खेदजन्य रहेको बताए ।
वैदेशिक रोजगार विभागबाट इजाजत पत्र लिई वैदेशिक रोजगार व्यवसायीले सम्पूर्ण प्रक्रिया पूरा गरेर युवाहरुलाई पठाएको दावी पनि अध्यक्ष भण्डारीको थियो । उनले आफ्नो निजी क्षेत्रमा लगानीमा बजार प्रवद्र्धन गरि ल्याएका माग पत्रहरु वैदेशिक रोजगार ऐन २०६४ बमोजिम सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर वैदेशिक रोजगार विभागबाट अन्तिम स्वीकृति लिएर विदेश जाने युवा युवतीहरुलाई पठाएको पनि प्रष्ट पारे ।
२०८० असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुवेत जान लागेका ११७ जनालाई अनावश्यक रुपमा फिर्ता पठाउने कामप्रति संघको गम्भीर ध्यानाकर्षण भएको पनि भण्डारीले बताए ।
यता अध्यागमन विभागले भने कुवेत जस्को महिला कामदार पठाउन नपाइने मुलुकमा महिला कामदार पठाएको देखिएको , हातमा एउटा कागज तर झोला अर्को कागज बोकेकाहरुलाई रोकिएको बताएको छ । ०००

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here