सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारणले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा छिटोमा १७ साउन र उक्त अवधिमा पर्याप्त आवादेन नपरेमा ढिलोमा २७ साउनसम्म आवेदन दिने म्याद थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Latest posts by Business TV Nepal (see all)
- मंगलवार नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा - August 16, 2022
- एनआईसी एशिया बैंकले गर्यो दुर्घटना बीमाबापत ३ परिवारलाई प्रतिपरिवार १० लाख बीमा भुक्तानी - August 16, 2022
- पिपुल्स पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने - August 16, 2022
Comment here