सरकारको नीति बजेटले नै व्यवस्था गरेकाले रियलस्टेड सेक्टरलाई पुँजी बजारमा ल्याउने धितोपत्र बोर्डका अध्यक्षको दाबी

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालु आर्थिक वर्ष भित्रै घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउने बताउनुभएको छ । बिहीवार काठमाडौमा आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित धितोपत्र बजारको वर्तमान अवस्था तथा आगमी पाँच वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताउनुभएको हो । उहाँले सरकारको नीति बजेटले नै व्यवस्था गरेकाले रियलस्टेड सेक्टरलाई पुँजी बजारमा ल्याउने दाबी गर्नुभयो । हमालले चालु आर्थिक वर्षभित्र नै साना मझौला तथा लघु उद्योग तथा कम्पनीहरु (एसएमईज) हरुलाई समेत पुँजी बजारमा ल्याउने बोर्डको नीति रहेको बताउनु भयो । अध्यक्ष हमालले स्थापित कम्पनीको स्वामित्व जनतामा गयो भने जनताको आर्थिक स्थिति पनि सुधार हुने बताउनु भयो । उहाँले दुई महिनाभित्र नेप्सेमा प्राविधिक समस्या भए समाधान गरेर जाने बताउनु भयो । उहाँले बुक बिल्डिङ प्रभावकारी रूपमा अगाडि लैजानुपर्ने बताउनु भयो । अध्यक्ष हमालले बुक बिल्डिङ प्रणालीमा विगतमा भएको दुर्घनालाई अर्को दुर्घटना नहुने गरी काम गर्ने जिम्मेवारी बोर्डको रहेको बताउनु भयो । उहाँले धितोपत्र बोर्डले दुई वर्षअघि नै कार्यान्वयनमा ल्याएको शेयर बजारको बुक बिल्डिङ प्रविधिलाई समेत सुव्यवस्थासहित निरन्तरता दिने बताउनु भयो ।
अध्यक्ष हमालले बोर्डले हरेक काम शेयर बजारका लगानीकर्ताको हक हीतमा काम गर्ने बताउनु भयो । उहाँले बोर्डले कुनैपनि निणर्य गर्दा बोर्डले लगानीकर्ताको हीत सोचेर मात्रै गर्ने बताउनु भयो । अध्यक्ष हमालले धितोपत्र बजारमा समस्या र चुनौती धेरै भएपनि त्यही चुनौतीका बीच अवसर खोज्नुपर्ने बताउनु भयो । उहाँले शेयर बजारलाई लगानीकर्ताले विश्वास गरेकाले बोर्डले लिएको उदेश्य पूरा हुने बताउनु भयो ।
अध्यक्ष हमालले सेयर ब्रोकरहरुको धेरै संख्यामा आवश्यक नभएको भन्दै पुँजी वृद्धिसँगै गुणात्मक सुधारमा लाग्नुपर्ने बताउनु भयो ।

Spread the love