सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ घट्याे

चौतर्फी दवावमा परेको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी करमा कटौति गरेर भएपनि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ घटाउने निणर्य गरिएको जानकारी दिनु भएको हो । मारमा परेका जनतालाई राहत दिन करमा कटौति गरेर भएपनि पेट्रालियम पदार्थको मूल्य घटाउने निणर्य गरिएको मन्त्री बडूले बताउनु भयो । यस अघि पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा सत्तारुढ पाँच दलबीच सहमति भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तागठबन्धनका शिर्ष नेताहरुसहित बसेको बैठकले गरेको निणर्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको पनि मन्त्री बडूले स्पष्ट पार्नु भयो ।
सरकारले मूल्य घटाएसँगै अव भरे राति १२ बजेदेखि लागू हुने गरी डिजेल प्रतिलिटर १६३ रुपैयाँ र पेट्रोल प्रतिलिटर १७९ पाईनेछ । यस अघि सरकारले रुस-युक्रेन युद्धलाई मुख्य कारण देखाएर यसको मूल्य वृद्धि गरेको थियो ।

Spread the love