नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गर्नु भएको छ । भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उहाँले अव सरकारले त्यसलाई छिटो भन्दाछिटो अघि बढाउनुपर्ने बताउनु भयो । बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजनालाई अघि बढाउन लागि सरकारले अव चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । सो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने उहाँको भनाई थियो । उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भिर बन्नुपर्ने बताउनु भयो । उहाँले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राख्नु भयो ।
उपमहासचिव ज्ञवालीले नेपालको विकासका अपेक्षाहरु पूरा गर्न पनि बीआरआई परियोजनाले महत्वपूणर् योगदान पुर्याउने तर्क गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपालको विकासमा बीआरआई परियोजना महत्वपूणर् अवसर हुने बताउनु भयो । उहाँले नेपालको पूर्वाधार विकासमा चीनले सहयोगका हातहरु थप अघि बढाउन चाहेको पनि बताउनु भयो ।

Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here